सहकारीको विश्वव्यापी आधारभूत सिद्धान्त र मूल्यहरू जस्तै स्वावलम्बन, स्वउत्तरदायित्व, लोकतन्त्र, समानता, समता र ऐक्यबद्धताको आधारमा संयुक्त स्वामित्व र लोकतान्त्रिक नियन्त्रणमा विश्वास गर्दै आÏना सदस्यहरूको पारस्परिक आर्थिक, सामाजिक तथा सांस्कृतिक हित एवम् विकासका लागि वित्तीय सेवा तथा सुविधा पु ¥याउने उद्देश्यले सहकारी ऐन २०४८ अन्तर्गत डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता भई इलम बहुउद्देश्यीय सहकारी लिमिटेडको स्थापना भएको हो । यो सहकारी संस्था प्रत्येक सदस्यको इमान, खुलापन, सामाजिक उत्तरदायित्व र नैतिक मूल्यहरूमा विश्वास गर्दछ भने सहकारीको लोकप्रिय नारा ‘सबैका लागि एक र एकका लागि सबैलाई (EACH FOR ALL AND ALL FOR EACH) आत्मसात् गर्दछ ।